
काठमाडौं-सिप्रदी ट्रेनिङ कम्पनीले फ्रान्सेली टायर कम्पनी मिसेलिनका उत्पादनलाई नेपालमा लञ्च गरेको छ ।
मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमबीच ट्रेडिङले मिसेलिन टायर लञ्च गरेको हो ।
१३० वर्ष पुरानो टायर कम्पनीका उत्पादनलाई सिप्रदीले नेपाल भित्र्याएको हो ।
कम्पनीले विश्वभरका १७० देशमा यो टायर निर्यात गर्छ भने ६९ देशमा चाहिँ यसको उत्पादन हुन्छ ।
विश्वमै यो कम्पनीले दुई पांग्रे सवारीदेखि हवाइजहाजसम्मको टायर उत्पादन गर्छ ।
कम्पनीले दुई पांग्रे र ट्रक-बससम्मको टायर नेपाल भित्र्याएको हो ।