१२ असार २०८३, शुक्रबार

आफू अपहरणमा परेको भन्दै नाटक गर्ने पक्राउ

आफू अपहरणमा परेको भन्दै नाटक गर्ने पक्राउ

पोखरा - पोखराबाट आफू अपहरणमा परेको भनेर नाटक गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरी आवश्यक कारवाही शुरु गरेको छ ।

पोखरा–११ को फुलबारी बस्ने ४२ वर्षीय नारायणप्रसाद पौडेललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी गराएका छन् ।

लेनदेनको विषयमा विपक्षीलाई फसाउने उद्देश्यले पौडेलले अपहरणको नाटक गरेको रहस्य खुलेपछि पक्राउ गरिएको बताइएको छ । आफू अपहरण परेको भनेर पौडेलले यही असोज ४ गते मध्याह्न १:३० बजे प्रहरीलाई खबर गरेपछि निजको खोजतलास र अपहरणकारीलाई पक्राउका लागि प्रहरी परिचालन गरिएको थियो ।

असोज ५ गते उनले रुपन्देही जिल्लाका स्थानीय प्रहरीको सम्पर्कमा आएर अपहरणकारीले आपूmलाई छोडी गएको भारततर्फ बोलाएको जानकारी गराएका थिए ।

प्रहरीले पौडेललाई आफन्तको जिम्मामा लगाएर थप अनुसन्धान गर्दा उनको कसैले अपहरण नगरेको तर लेनदेनको विषयमा विपक्षीलाई फसाउने उद्देश्य रहेको अनुसन्धानबाट खुलेपछि पक्राउ गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्