१० असार २०८३, बुधबार

युरेसियन देशका सभामुखहरुको बैठकलाई सभामुख महराको सम्बोधन

युरेसियन देशका सभामुखहरुको बैठकलाई सभामुख महराको सम्बोधन

काठमाडौं–सभामुख कृष्णबहादुर महराले यूरेशियाली देशका सभामुखहरुको चौथो बैठकलाई सम्बोधन गरेका छन् । 
 ‘ग्रेटर यूरेशियाः संवाद, भरोसा, साझेदारी’को मूल नाराका कजाखस्तानको अस्तानामा शुरु भएको बैठकमा आज सभामुख महराले नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गरेका हुन् । 
सभालाई सम्बोधन गर्दै सभामुख महराले सन् २०३० सम्ममा नेपालले कम आयबाट मध्यम आम्दानी हुने देशमा स्तरोन्नति गर्ने लक्ष्य राखेको बताए । 
 नेपालले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणासहित अघि बढेको बताउँदै सभामुख महराले भने, ‘नेपालले बजारमा आधारित अर्थतन्त्रको विकास गर्न, समष्टि–अर्थतन्त्रलाई स्थिरता दिन र सामाजिक–आर्थिक विकासको गति बढाउन अनुकूल राजनीतिक वातावरण सिर्जना गर्नेतर्फ ध्यान केन्द्रित गरेको छ ।’
अहिलेको विश्व अर्थव्यवस्थामा सबै विश्वव्यापी रुपमा एक अर्कासँग जोडिएको बताउँदै सभामुख महराले कोही पनि अलग रहन नसक्ने बताए । 
‘ग्रेटर यूरेशियाः संवाद, भरोसा र साझेदारी’ विषयवस्तुमाथिको छलफलले युरेशियन देशहरुमा शान्तिमय, न्यायपूर्ण र समावेशी समाज निर्माण गर्न सहयोग पु¥याउने बताउँदै सभामुख महराले भने, ‘समग्र युरेशियाले विश्वको ६५ प्रतिशत जनसंख्या, ७५ प्रतिशत ऊर्जा स्रोत र ४० प्रतिशत विश्वव्यापी जीडीपीको प्रतिनिधित्व गर्दछ ।’
सबैको साझा एजेन्डा दिगो विकासका लक्ष्यहरुको कार्यान्वयन, गरिबी न्यूनीकरण, वातावरण संरक्षण एवं समावेशी लोकतन्त्र प्रवद्र्धन गर्ने सबैको साझा एजेण्डा भएको बताउँदै सभामुख महराले ती साझा लक्ष्यहरू प्राप्त गर्नका लागि नियमित वार्तालाप जरुरी रहेको बताए । 
यसै सभामुख महरा र कजाखस्तानका प्रधानमन्त्री अस्कर मामिनबीच शिष्टाचार भेटवार्ता भएको छ ।
भेटवार्तामा दुई देशबीचको सम्बन्ध, पारस्परिक सहयोग, व्यापार र लगानीलाई अभिवृद्धि गर्ने लगायतका बारेमा छलफल भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्