
नवलपरासी– नवलपरासीमा सोमवार राति र मंगलवार बिहान भएका तीन दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
पूर्व– पिश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वको कावासोती, अरुणखोला र चोरमारामा भएका दुर्घटनामा अन्य २० जना घाइते भएका छन् ।
कावासोती नगरपालिका–८ खरकट्टा जंगलमा ट्रक र कार एक आपसमा ठोक्किँदा कारमा सवार ५ जनाको ज्यान गएको छ ।