०२ साउन २०८३, शनिबार

आतंकवादलाई अमेरिकाले प्रोत्साहन गरेको इमरान खानको आरोप

आतंकवादलाई अमेरिकाले प्रोत्साहन गरेको इमरान खानको आरोप
तस्वीर स्रोत : नवभारत टाइम्स

काठमाडौं – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानको आतंकवादी संगठन अल कायदाका लडाकूलाई हतियार र प्रशिक्षण आफूहरूले दिएको स्वीकार गरेका छन् । 

उनले अहिले आएर यस्तो बयान दिनुमा रणनीति लुकेको विश्लेषकहरूको भनाइ छ । अमेरिकाको जासूसी संस्था सीआईएले संसारभरि गोप्य कारवाही गर्ने क्रममा पाकिस्तानलाई समेत सहयोग गरेको थियो । पाकिस्तानले अमेरिकाबाट पाएको पैसा आतंकवादीहरूको प्रशिक्षणमा खर्च गरेको थियो । यस्तोमा इमरान खानले संकेतमार्फत अमेरिकालाई आरोप लगाएको हुनुपर्छ । 

सोभियत संघले अफगानिस्तान कब्जा गरेको बेलामा अफगान लडाकूहरूलाई हतियार र प्रशिक्षण दिनमा अमेरिकाको हात थियो । पाकिस्तानी सेना र जासूसी संस्था आईएसआईले पनि यसमा सहायता गरेको थियो । अहिले आएर पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अल कायदालाई पाकिस्तानी सेना र अलकायदाले प्रशिक्षण दिएको कबुलेर अमेरिकाको यसमा हात रहेको संकेत गरेका छन् । 

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन पुगेका खान एक थिंक ट्यांक संस्थालाई सम्बोधन गरिरहेका थिए । विदेशी कब्जाविरुद्ध लड्नु जिहाद हो भनी फकाइएका लडाकूहरूलाई अमेरिका आफू अफगानिस्तान आएपछि भने आतंकवादी घोषणा गरिएको उनको भनाइ छ । 

सेप्टेम्बर ११ को आक्रमणपछि आतंकवादविरुद्ध अमेरिकी गठबनधनको लडाईंमा संलग्न हुनु पाकिस्तानको महाभूल भएको उनले बताए । 

उनले भने, ‘यस लडाईंमा ७० हजारजना पाकिस्तानी मारिए । केही अर्थशास्त्रीहरूले पाकिस्तानको २०० अर्ब डलर नष्ट भएको बताएका छन् । अझ पनि अफगानिस्तानमा अमेरिका अल्झिनुपर्दा हामीमाथि दोष लगाइँदैछ ।’

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पाकिस्तान आफ्नो भूमिमा आतंकवाद अन्त्य गर्न पर्याप्त प्रयास नगरिरहेको भनी लगाएको आरोपलाई खानले जवाफ दिएको हुनुपर्छ । 

खानले अफगानिस्तानको अहिलेको स्थितिका लागि अमेरिकालाई दोषारोपण गरे । तालिबानविरुद्ध अर्को १९ वर्ष लडृपनि अमेरिकाले सफलता नपाउने खानको दाबी छ । 

उनले तालिबानप्रति सहानुभूति पनि प्रकट गरे । उनले भने, ‘अहिलेको तालिबान सन् २००१ कै तालिबान हैन । कुराहरू परिवर्तन भइसकेका छन् । अमेरिकाले त्यहाँबाट सेना हटाएपछि शान्ति हुन्छ ।’

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्