काठमाडौं- दीपक-दीपाको फिल्म 'छक्कापञ्जा २' मंगलवार युट्युबमा रिलिज गरिएको छ ।
बक्स अफिसमा दमदार सावित भएको फिल्मले युट्युबमा गालीको ओइरो पाएको छ ।
फिल्मलाई लिएर अधिकांशले 'बकवास' भनेर प्रतिक्रिया दिएका छन् ।
रिलिज भएको लामो समयसम्म पनि फिल्म युट्युबमा अपलोड नगरेको भन्दै दीपकराज गिरीमाथि दर्शकहरू रुस्ट बनेका थिए ।
फिल्म हेर्नुहोस् :
केहीले राम्रो फिल्म भएर युट्युबमा ढिला अपलोड गरेको भन्दै व्यंग्य समेत गरेका छन् ।