०१ असार २०८३, सोमबार

तनहुँमा यस्ता छन् मेयरका उम्मेदवार, कांग्रेस एमालेकै प्रतिस्पर्धा !

कात्तिक २०, २०७४
तनहुँमा यस्ता छन् मेयरका उम्मेदवार, कांग्रेस एमालेकै प्रतिस्पर्धा !

कांग्रेस तथा एमालेका उम्मेदवारहरु
तनहुँ, २० चैत — सरकारले वैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने घोषणा गरेसँगै स्थानीय तहका विभिन्न पदमा उम्मेदवारी दाबी गर्ने क्रम बढिरहेको छ ।

तनहुँमा पनि स्थानीय तहको निर्वाचनमा प्रमुख दलका नेताहरूले उम्मेदवारी दाबी गर्न थालेका छन् ।

तनहुँका चार नगरपालिकामा मुख्य दलका नेताहरूले मेयर तथा उपमेयरको टिकटका लागि लबिङ गरिरहेका छन् ।

तनहुँको व्यास नगरपालिकामा कांग्रेसका तर्फबाट पार्टी सभापति बैकुण्ठ न्यौपाने, कांग्रेसका युवा नेता डम्बर अधिकारी, व्यास नगर सभापति शान्तिरमण वाग्ले, महाधिवेशन प्रतिनिधि समुन्द्र गोदार प्रमुख दाबेदारको रूपमा देखापरेको विश्लेषण गरिएको छ ।

अधिकारी पत्रकार महासंघ तनहुँका अध्यक्ष समेत हुन् ।

एमालेका तर्फबाट व्यास नगर संयोजक श्रीराम कार्की, प्रदीप अधिकारी, विष्णु खड्का, मंगलप्रसाद श्रेष्ठ र मनुमाया श्रेष्ठ प्रमुख दाबेदारका रूपमा रहेका छन् ।
नेकपा माओवादी केन्द्रबाट भने व्यास नगरपालिकामा अतिन्द्रकेशरी न्यौपाने प्रमुख दाबेदार रहेको अनुमान गरिएको छ ।

त्यसैगरी भानु नगरपालिकामा कांग्रेसका तर्फबाट महासमिति सदस्य आनन्द त्रिपाठी, नगर सभापति श्रीभक्त आचार्य, पार्टीका पूर्व जिल्ला सभापति रघुनाथ पौडेल, क्षेत्रीय सभापति उदयराज गौली प्रमुख दाबेदार रहेका छन् ।

भानुमा एमालेका तर्फबाट पार्टीका केन्द्रीय नेता विद्या ढकाल, जिल्ला सचिव भगवती न्यौपाने र प्रेम राना प्रमुख दाबेदार रहेका छन् ।

त्यस्तै शुक्लागण्डकी कांग्रेसका तर्फबाट महाधिवेशन प्रतिनिधि कृष्णराज पण्डित, पूर्व क्षेत्रीय सभापति महेश्वर भट्टराई र क्षेत्रीय सभापति किसान गुरुङ प्रमुख दाबेदार रहेका छन् ।
एमालेका तर्फबाट भने पूर्व जिविस उपसभापति चित्र थापा, एमाले जिल्ला नेता रामचन्द्र उपाध्याय र मुक्ति तिमिल्सेना प्रमुख दाबेदार देखिएका छन् ।

भिमाद नगरपालिकामा भने कांग्रेसका तर्फबाट महाधिवेशन प्रतिनिधिहरू पुष्प पराजुली, इन्दिरा खनाल, चुडामणि खनाल प्रमुख दाबेदार रहेका छन् ।

एमालेका तर्फबाट पार्टीका जिल्ला अध्यक्ष केदार सिग्देल, जिल्ला स्तरीय नेता दधिराज श्रेष्ठ र काजीमान श्रेष्ठ प्रमुख दाबेदार रहेका छन् ।

स्थानीय तह पुनःसंरचना अन्तर्गत तनहुँमा चार नगरपालिका र ६ गाउँपालिका कायम भएका छन् । यीमध्ये व्यासमा कांग्रेसको र भिमादमा एमालेको पकड देखिन्छ भने भानु र शुक्लामा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

जिल्ला निर्वाचन कार्यलयले पनि निर्वाचन कार्यालयको तर्फबाट गर्नुपर्ने तयारीहरू गरिरहेको बताएको छ । जिल्ला निर्वाचन अधिकृत बाबुराम घिमिरेले जिल्लामा एक लाख ९६ हजार मतदाता संख्या रहेको बताएका छन् । उनका अनुसार एक सय ३३ वटा मतदानस्थल पनि कायम गरिएको छ ।
जिल्लाका ६ गाउँपालिका र चार नगरपालिकामा लड्नको लागि २० वटा राजनीतिक दलहरू जिल्लामा दर्ता भएको उनले बताए ।

उनका अनुसार अब केही दिनमै मतदाता शिक्षाको लागि स्वयंसेवकहरूलाई तालिम दिने कार्यक्रम रहेको बताए ।

जिल्लामा निर्वाचन भाँड्नेहरूको सक्रियता कम भएको उनी बताउँछन् ।

कांग्रेस एमालेकै बीचमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।


salt training

कमेन्ट गर्नुहोस्