११ साउन २०८३, सोमबार

वामपन्थी आन्दोलनका हस्ती भन्दै ओलीले गरे वामदेवको प्रशंसा

वामपन्थी आन्दोलनका हस्ती भन्दै ओलीले गरे वामदेवको प्रशंसा

काठमाडौं – प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई वामपन्थी आन्दोलनका हस्ती भन्दै प्रशंसा गरेका छन् ।

अखिल नेपाल किसान महासंघको प्रथम केन्द्रीय कमिटीको बैठक तथा शपथग्रहण समारोहलाई बुधवार राजधानीमा सम्बोधन गर्ने क्रममा ओलीले गौतमको प्रशंसा गरेका हुन् । 

ओलीले गौतमलाई ‘नेपालको किसान आन्दोलन र वामपन्थी एवं लोकतान्त्रिक आन्दोलनका हस्ती’ भनेर सम्बोधन गरेका थिए । गौतम नेकपा निकट किसान महासंघका इन्चार्ज हुन् । लामो समय किसान महासंघको नेतृत्वमा रहेका गौतम हालै मात्र इन्चार्ज तोकिएका थिए ।

पछिल्लो समय सार्वजनिक कार्यक्रममा विरलै उपस्थित हुने ओली बुधवार किसान महासंघको शपथग्रहण समारोहमा सहभागी भएका थिए । कार्यक्रममा ओलीले किसान महासंघका सदस्यलाई नमूना किसान बन्न सुझाव दिए ।

‘तपाईंको बारीमा धेरै घोगा मकै फल्नुपर्छ । अलिक ठूलो घोगा मकै फल्नुपर्छ । अलिक झपक्क खुर्सानी फल्नुपर्छ । झपक्क टमाटर फल्नुपर्छ । ठूलै टमाटर फल्नुपर्छ । तपाईंका धानका बालाहरूभन्दा झपक्क लामा र धेरै दाना फलेका हुनुपर्छ,’ ओलीले भने, ‘कसरी लगाउने भन्ने ? त्यो तपाईले सिक्नुपर्छ । सब्जीको तपाईंकोमा कुनै अभाव हुनु हुँदैन । त्यो सिजन अनुसार के लगाउन सकिन्छ ? त्यो नमूना किसान, किसान नेताहरूले नमूना किसान हुनुपर्छ । संगठनको नमूना होइन, उत्पादनको नमूना बन्नुपर्छ तपाईंहरू ।’

salt training

कमेन्ट गर्नुहोस्