१० असार २०८३, बुधबार

आयल निगमले युरो –४ मापदण्डको पेट्रोलियम बेच्न थाल्यो, कति पर्छ मूल्य ?

कात्तिक २०, २०७४
आयल निगमले युरो –४ मापदण्डको पेट्रोलियम बेच्न थाल्यो, कति पर्छ मूल्य ?

काठमाडौं, २० चैत –नेपाल आयल निगमले आइतवारदेखि युरो –४ मापदण्डको पेट्रोलियमको आपूर्ति थालेको छ । यससँगै आजैदेखि मुलुकभरका पेट्रोल पम्पमा युरो –४ मापदण्डको पेट्रोलियममात्र विक्री वितरण हुने भएको छ ।

निगमका प्रवक्ता सिताराम पोखरेलले अबदेखि भारतबाट युरो –४ मापदण्डको पेट्रोलियममात्र आयात हुने बताए ।
निगमले अहिलेलाई पेट्रोल र डिजेलमामात्र युरो –४ मापदण्ड अनिवार्य गरेको छ ।

भारतले यही अप्रिलदेखि आफ्नो मुलुकमा समेत युरो –४ अनिवार्य गरेकाले नेपालका लागि पनि यस्तो व्यवस्था गरेको हो ।

मूल्य उही
निगमका अनुसार हाललाई उपभोक्ताले साविककै मूल्यमा युरो –४ मापदण्डको पेट्रोलियम खरिद गर्न पाउनेछन् । हाल पेट्रोलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ ५० पैसा र डिजेलको मूल्य ७७ रुपैयाँ ५० पैसा छ । साविकमा कायम रहेकै मूल्यमा युरो –४ मापदण्डको तेल किन्न सकिने निगमले बताएको छ ।

युरो – ३ विस्थापित
युरो –४ मापदण्डको पेट्रोलियम अनिवार्य गरेपछि हालसम्म आयात र विक्री वितरण हुँदै आएको युरो –३ मापदण्डको पेट्रोलियम स्वतः विस्थापित भएको छ । 

युरो –४ मापदण्डको पेट्रोलियम आयात गर्न गत कात्तिकमै निगमले भारतीय आयल निगम (आइओसी) सँग सहमति गरेको थियो ।

केही समयअघि आइओसीसँग आगामी ५ वर्षसम्मका लागि नवीकरण गरिएको इन्धन सम्झौताले युरो –४ का लागि वैधानिकता दिएको थियो ।

प्रदूषण न्यूनीकरणमा सहयोगी
युरो –४ मापदण्डको पेट्रोलियम प्रदूषण न्यूनीकरणमा सहयोगी हुन्छ । निगमका अनुसार युरो–४ स्ट्याण्डर्डको पेट्रोलियमले माइलेज र प्रदूषणका हिसाबले तुलनात्मक रूपमा बढी प्रभावकारी छ । यो स्ट्याण्डर्डको पेट्रोलियममा सल्फरको मात्रा कम हुन्छ । यसले इन्जिनको आयु र कार्यक्षमता बढाउनेछ । प्रदूषण न्यूनीकरणमा पनि युरो–४ तुलनात्मक रूपमा फाइदाजनक हुने निगम बताउँछ ।

हाल विश्वमा युरो–६ सम्म प्रचलनमा छ । विकसित मुलुकले युरो–६ स्ट्याण्डर्डका पेट्रोलियम प्रयोग गर्दै आएका छन् ।

भारतले भने आगामी दुई वर्षभित्रै युरो–६ मा फड्को मार्दैछ ।

पेट्रोलियममा पूर्ण परनिर्भर नेपालले हाल वार्षिक झण्डै सबा खर्ब रुपैयाँ बराबरको पेट्रोलियम आयात गर्छ ।

salt training

कमेन्ट गर्नुहोस्