११ असार २०८३, बिहीबार

विवेकशील नेपालीको अध्यक्षमा पाण्डे र थापा भिड्दै

विवेकशील नेपालीको अध्यक्षमा पाण्डे र थापा भिड्दै

काठमाडौं– विवेकशील नेपाली दलको संघीय कार्यसमिति अध्यक्षमा मिलन पाण्डे र शिव थापा प्रतिस्पर्धा गर्दै छन् ।

२८ असोजमा हुने पार्टीको राष्ट्रिय सम्मेलनका लागि अध्यक्षमा पाण्डे र थापाले उम्मेदवारी दर्ता गरेका हुन् । 

पाण्डे पार्टी प्रवक्ता छन् भने थापा प्रदेश ५ का अध्यक्ष हुन् । अध्यक्ष उज्ज्वल थापाले यसअघि आफू अध्यक्षमा प्रतिस्पर्धा नगर्ने बताएका थिए ।

६ पदाधिकारीका लागि ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा अजिता राईको मात्रै उम्मेदवारी परेको छ । महासचिवमा कर्मा लामा तामाङ निर्देश शिलवाल भिड्दैछन् । 

कोषाध्यक्षमा सुमित्रा गुरुङ र जीीवन कार्की, तीति सचिवका लागि सञ्जीव भट्टराई र विजयबाबु सिवाकोटी तथा व्यवस्थापन सचिवमा संगीता बाटाजु र अनुमा कोइरालाले उम्मेदवारी दर्ता गरेका छन् । नयाँ पत्रिकामा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्