३१ असार २०८३, बुधबार

खुलामा शौच गर्ने दुई दलित बालबालिकाको हत्या

खुलामा शौच गर्ने दुई दलित बालबालिकाको हत्या

काठमाडौं – भारतकोमध्य प्रदेशमा खुलामा शौच गर्ने दुई दलित बालबालिकाको हत्या गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । 

बुधवार १२ वर्षीया रोशनी र १० वर्षीय अविनाशलाई गाउँको सडकनिर खुलामा शौच गर्दैगर्दा आक्रमण गरेको बताइएको छ । 

बालबालिकाको परिवारले आफ्नो घरमा शौचालय नभएको बताए । 

लाखौं भारतीयहरू खुलामा शौच गर्छन् जसले गर्दा महिला र बालबालिका जोखिममा पर्छन् र 

‘दुई बालबालिकालाई लट्ठीले हानेर मारिएको हो,’ प्रहरी सुपरीवेक्षक राजेश चन्देलले बताए, ‘हामीहरूले दुवै आरोपितविरुद्ध हत्याको मुद्दा दर्ता गरेका छौं । उनीहरूलाई सोधपुछ गरिँदैछ ।’

रामेश्वर यादव र हकिम यादवलाई हत्या आरोपमा पक्राउ गरिएको हो । 

रोशनी र अविनाश मामाचेला फपूचेली हुन् । रोशनीलाई अविनाशका मातापिताले हुर्काएका हुन् । 

अविनाशका पिता दैनिक ज्यालादारी मजदूर हुन् र उनले घरमा शौचालय बनाउन नसक्ने बताए । सरकारले गरीबका लागि शौचालय बनाउने योजनामा पहुँच नपाएको उनले बताए ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्