
मकवानपुर – जिल्लामा बिहीवार भएका छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
सिन्धुलीबाट काठमाडौं जाँदै गरेको ना५ख ७९४२ नम्बरको बसको ठक्करबाट सिन्धुपाल्चोकका ४२ वर्षीय चश्मभक्त श्रेष्ठको मृत्यु भएको छ ।
भीमफेदीमा ना६त ६०३५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा स्थानीय १८ वर्षीय उमेश बस्नेतको मृत्यु भएको प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।
दुर्घटनामा ३ जना घाइते भएका छन् । बिहीवारै चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना३ख ३५५६ नम्बरको बसको ठक्करबाट नाम र ठेगाना नखुलेका १ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक राम बालकले जानकारी दिए ।