
काठमाडौं– प्रमुख नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको शुक्रबार बस्ने बैठक आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारीलगायतका विषयमा छलफल केन्द्रित गर्ने भएको छ ।
कांग्रेस उपसभापति विमलेन्द्र निधिले बैठकमा उपनिर्वाचन, नेपाल लोकतान्त्रिक फोरमसित समायोजन प्रक्रियाबारे छलफल हुने बताए।
प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा भ्रातृ सङ्गठनको विधान संशोधन र महाधिवेशनको कार्यविधिबारे छलफल हुने तयारी रहेको जानकारी दिए। गोरखापत्र दैनिकमा खबर छ ।