काठमाडौं – पाकिस्तानका परराष्ट्रमन्त्री शाह महमूद कुरैशीले सार्कको एक महत्त्वपूर्ण बैठकमा भारतका विदेशमन्त्री एस जयशंकरको सम्बोधन बहिष्कार गरेका छन् । भारतले कश्मीरमा कर्फ्यु लगाउन्जेल पाकिस्तानले उससँग सम्पर्क नगर्ने कुरैशीको भनाइ छ ।
न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभा सत्रभन्दा फरक सार्क देशहरूका परराष्ट्रमन्त्रीहरूको बैठक भयो । भारतका विदेशमन्त्री एस जयशंकरले काउन्सिल मीटिङको उद्घाटन मन्तव्य दिए । त्यसमा पाकिस्तानका परराष्ट्रमन्त्री अनुपस्थित रहे । जयशंकरले सम्बोधन सकेर बैठकबाट निस्केपछि मात्र कुरैशी त्यहाँ पुगे ।
पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीले भारतसँग कश्मीरको प्रतिबन्ध नहटेसम्म कुराकानी नगरिने बताएको छ ।
बैठकमा ढिलो आएको बारेमा सोध्दा कुरैशीले कश्मीर कदमको विरोधस्वरूप भारतीय मन्त्रीसँग बस्न नचाहेको बताए । जयशंकरलाई पाकिस्तानी परराष्ट्रमन्त्रीको अनुपस्थितिको बारेमा सोध्दा उनले टिप्पणी नगर्ने बताए ।
एजेन्सी