
काठमाडौ २० चैत – नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरी नयाँ दिल्ली पुगेका छन् । पुरी गत हप्ता नेपाल आइपुगेका थिए ।
पुरीले आफ्नो एक हप्ते नेपाल बसाइको गतिविधि ब्रिफिङका लागि दिल्ली पुगेको बताइएको छ ।
गत चैत १२ गते नेपाल आएका उनले राष्ट्रपति, प्रधानमन्त्री, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु लगायत विभिन्न दलका नेताहरुसँग भेटघाट गरेका थिए ।
दिल्लीबाट उनी सोमवार फर्किने जनाइएको छ ।