०९ असार २०८३, मंगलबार

मजदूरले लीजमा लिए खानी, भोलिपल्टै भेटे हीरा

मजदूरले लीजमा लिए खानी, भोलिपल्टै भेटे हीरा

काठमाडौं – भारतको मध्य प्रदेशस्थित पन्ना जिल्लामा खनन कार्य चलिरहँदा एक मजदूरले ४.३३ क्यारेट हीरा फेला पारेका छन् । ती मजदूरले दुई दिनअघि खानी २०० भारुमा लिएका थिए । 

अधिकारीहरूले बताएअनुसार, मजदूरले फेला पारेको हीराको मूल्य १० लाख भारु हो । हीरा लिलामी गरिएपछि मजदूरले पैसा पाउनेछन् ।

शाहनगरमा बस्ने वसन्त सिंह ती भाग्यमानी मजदूर हुन् । उनले बुधवार कल्याणपुर इलाकामा २०० भारु तिरेर भाडामा खानीको एक भाग लिएका थिए । 

उनले खानीमा तीन महिनासम्म खन्ने अनुमति पाएका थिए तर खन्न थालेको दोस्रो दिनमै उनको भाग्यको ढोका खुल्यो । शनिवार खानीबाट प्राप्त पत्थर धुँदै गर्दा उनले चम्किलो कुरा देखे । 

सिंह पत्थर देखेर दंग पर्दै घर पुगे । उनले घरका मानिसलाई पत्थर देखाए अनि अधिकारी एसएन पाण्डेयलाई देखाए । उनले त्यो ४.३३ क्यारेटको हीरा भएको बताए । हीरा उनकै कार्यालयमा राखिएको छ । 

हीरा कुनै दिन लिलामी गरिनेछ र त्यसबाट प्राप्त पैसामध्ये ११.५ प्रतिशत सरकारी खजानामा र २ प्रतिशत करकट्टी गरेर बाँकी पैसा वसन्त सिंहलाई दिइनेछ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्