०९ असार २०८३, मंगलबार

टाउको नभएको बिरालो जस्तो रोबोट तकिया बन्यो, यसमा टाउको अड्याउँदा तनावमुक्त भइने दाबी

टाउको नभएको बिरालो जस्तो रोबोट तकिया बन्यो, यसमा टाउको अड्याउँदा तनावमुक्त भइने दाबी

काठमाडौं – टाउको नभएको बिरालो जस्तो देखिने रोबोटिक सिरानीले त्यसमा टाउको अड्याउने व्यक्तिलाई शान्त बनाउने दाबी गरिएको छ । 

कूबो नामक जापानी रोबोट सिरानीको यान्त्रिक पुच्छर छुँदा हल्लिन्छ र यसले जनावरको लचिलो र सुन्दर गतिविधिको नक्कल गर्छ । 

यो रोबोट प्रयोगकर्ताको चिन्ता, अवसाद र थकानको अनुभूतिलाई हटाउन बनाइएको हो । 

‘यसलाई मुसार्दा यो यताउता हल्लन्छ । यसले कहिलेकाहीँ पुच्छर हल्लाएर हेलो भन्छ । जनावरले मुटु छोएझैं यसले आराम दिन्छ,’ रोबोट बनाउने युकाइ इन्जिनीयरिङले जनायो । 

यो डिभाइस एक किकस्टार्टर अभियानका कारण सम्भव भएको हो । उक्त अभियानमा लगभग एक लाख २० हजार डलर उठाइएको थियो । 

अभियानलाई समर्थन गर्नेहरूलाई कम्पनीले ९०० वटा डिभाइस पठाएको छ । 

बर्लिनमा आयोजित आईएफए २०१९ व्यापारमेलामा यो रोबोट प्रदर्शनीमा राखिएको थियो र त्यसयता १० हजार रोबोछ बिकिसकेको एभी क्लबले लेखेको छ । 

जापानी कम्पनीले साँच्चिकै जस्तो देखिने पुच्छर बनाउन निकै मेहनत गरेको छ । 

चिन्ता तथा अवसादमा परेका ३८ जना सहभागीमाथि रोबोटको असर जाँच्नका लागि अध्ययन गरिएको थियो । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्