
काठमाडौं – दक्षिण कोरियाको उल्सान बन्दरगाहमा शनिवार एउटा तेल ट्यांकर विस्फोट भएपछि आगोको मुश्लोले अर्को जहाजलाई पनि लपेटेको छ । जहाजमा भएका नौजना घाइते भएका छन् ।
केम्यान आइल्यान्ड्सको झण्डा रहेको ट्यांकरमा बिहान १०ः५० मा विस्फोट भएको थियो । त्यसपछि सिंगापुरको झण्डा भएको बो दालियान जहाजमा आगो सरेको थियो ।
घटनाको भिडियोमा आगो दनदनी बलेको अनि धूवाँको मुश्लो उठेको देखिन्छ ।
आगो लागेको स्टोल्ट ग्रोएनल्यान्डका सबै २५ जहाजीहरूलाई उद्धार गरिएको छ । उनीहरू विदेशी नागरिक भएको बताइएको छ । बो दालियान जहाजका २१ कर्मचारीलाई पनि उद्धार गरिएको छ ।
🔴#Dünyadan
— Biz10 TV (@Biz10TV) September 28, 2019
🔴Güney Kore’nin Ulsan Limanı yakınlarında Rusya’ya ait bir petrol tankeri patladı.
🔴9 kişinin yaralandığı patlamanın ardından ilk görüntüler ortaya çıktı. pic.twitter.com/gcuh6Syz0L
एजेन्सी