२५ जेठ २०८३, सोमबार

नलसिंहगाड जलविद्युत् आयोजनामा २७ करोड भ्रष्टाचार, आयोजना प्रमुखसहित ६ विरुद्ध मुद्दा दायर

कात्तिक २०, २०७४
नलसिंहगाड जलविद्युत् आयोजनामा २७ करोड भ्रष्टाचार, आयोजना प्रमुखसहित ६ विरुद्ध  मुद्दा दायर
काठमाडौं, २० चैत –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलसिंह गाड आयोजनामा २७ करोड अनियमितता भएको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगले आयोजनामा व्यापक भ्रष्टाचार भएको भन्दै आयोजना प्रमुख सहित यसमा संलग्न ६ जनाविरुद्व आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोजनाका लागि परामर्सदाता छनोटका क्रममा कम अंक प्राप्त गर्नेलाई बढी अंक र बढी ल्याउनेलाई कम अंक प्रदान गरी भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख गरिएको छ ।

भ्रष्टाचारमा संलग्न रहेको भन्दै अख्तियारले नलसिङ गाड जलविद्युत आयोजना विकास समितिका कार्यकारी निर्देशक मोतिवहादुर कुँवर, तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सूर्यप्रसाद रिजाल, तत्कालीन लेखा अधिकृत आनन्दप्रसाद चापागाईँ, उर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोकर्णराज पन्थ, विद्युत विकास विभागका तत्कालीन कानून अधिकृत राजेशकुमार थापा र उदीपलाल श्रेष्ठविरुद्व मुद्दा दायर गरेको हो । उनिहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ३ बमोजिमको उद्देश्य राखी सोही ऐनको दफा २१ बमोजिम मुद्दा दायर गरेको हो ।

उनिहरूविरुद्व तेह्र करोड बैसठ्ठी लाख सत्ताइस हजार एक सय पचहत्तर रुपैयाँ जरिवाना र एक वर्ष कैद सजाय हुन माग दावी सहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

स्वीकृत प्राविधिक प्रस्ताव मूल्याङ्कनका आधारहरु बमोजिम एसएमईसी –एमडब्लु एच –उदय लाई दिनुपर्नेभन्दा १ दशमलव २५ अंक बढी र एएफसी –एचसीई –एनइएसएसलाई दिनुपर्नेभन्दा १ दशमलव ५६७ घटी अंक दिएको अख्तियारले जनाएको छ ।

सबैभन्दा घटि रकमको प्रस्ताव पेश गर्ने एएफसी –एचसीई –एनइएसएसको प्राविधिक र आर्थिक प्रस्तावको संयुक्त मूल्याङ्कनमा सवैभन्दा बढि अङ्क ९ सय ८२ दशमलव ८३३० प्रदान गरी मूल्याङ्कन गर्नुपर्नेमा जानीजानी कम अंक प्राप्त गर्ने, स्पेसिफिक एक्स्पेरियन्स अन्तर्गत डिटेल इन्जिनियरिङ सर्भे एण्ड डिजाइन आवश्यक पर्ने भनी प्रक्रिया राखिएको भएपनि एसएमइसीको हकमा डिटेल कन्स्ट्रक्सन ड्रइङलाई नै डिटेल इन्जिनियरिङ सर्भे एण्ड डिजाइन मानी मूल्याङ्कन गरिएको अख्तियारको दायरपत्रमा उल्लेख छ ।

त्यस्तै, मूल्यांकनकर्ताले मूल्यांकनको क्रममा दिएको अंकलाई एग्रिगेट फाइनल इभ्यालुएसन गर्दा बढाएको तथा प्रस्तावसँगै पेश गरिएका कतिपय अनुभवका विषयहरु मूल्यांकन गर्दा आर्थिक अनियमितता गरी एकपक्षीय निर्णय गरिएको अख्तियारले जनाएको छ ।

आयोजना विकास समितिलाई हानी नोक्सानी पु-याउने बदनियत राखी एएफसी –एचसीई –एनइएसएसले भन्दा २७ करोड २४ लाख ५४ हजार तीन सय एकाउन्न रुपैयाँ बढि कवोल गर्ने एसएमईसी –एमडब्लु एच –उदयलाई संयुक्त मूल्याङ्कनमा सवैभन्दा बढि अङ्क ९ सय ८१ दशमलव ९९४० दिई मूल्याङ्कन गरी/गराई नलसिङ गाड जलविद्युत आयोजना विकास समिति घाटा पु-याएको उल्लेख गरिएको छ । यस्तो कार्यले समितिलाई २७ करोड २४ लाख ५४ हजार तीन सय एकाउन्न रुपैयाँ नोक्सान पुगेको अख्तियारले जनाएको छ ।


salt training

कमेन्ट गर्नुहोस्