१५ असार २०८३, सोमबार

प्रहरीकै संलग्नतामा यसरी लुटियो सुन कारखाना

कात्तिक २०, २०७४
प्रहरीकै संलग्नतामा यसरी लुटियो सुन कारखाना

काठमाडौँ, २० चैत - सुनका गहना बनाउने कारखानामा हातहतियार देखाई डकैती गर्ने समूहका ६ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा महानगरीय प्रहरी बृत्त लैनचौरमा कार्यरत चितवन काविलास–१ जुगेडी घर भएका २६ बर्षीय प्रहरी जवान अजय गुरुङ , ठमेल बस्ने काभ्रे बिर्तादेउराली–७ घर भएका २२ बर्षीय सुभाष खरेल, बालाजु बस्ने धादिङ छत्रेदेउराली–१ घर भएका ३३ बर्षीय राजकुमारतामाङ, कपुरधारा बस्ने काभ्रे नमोबुद्ध–४ घर भएका २१ बर्षीय देव तामाङ भन्ने सुन्दर तामाङ,ललितपुर बालकुमारी बस्ने १९ बर्षीय पाल्देन भन्ने क्षितिज तामाङ र नयाँबजार बस्ने २८ बर्षीय लाप्साङ लामा रहेका छन् ।

काठमाडौँ महानगरपालिका–१९ मरुहिटि स्थित प्रेम रत्न शाक्यको घरभाडामा लिई बस्ने भारत कलकत्ता घर भएका शिव प्रसाद माईटीले संचालन गरेको सुनका गरगहना बनाउने तथा रिफाईन गर्ने कारखानामा शुक्रबार ७–८ जनाको समुहमा आएका व्यक्तिहरुले हामी प्रहरी हौ, तपाईको पसलमा अबैध सुनको कारोबार गर्ने गरेको रहेछ भनि पेस्तोल जस्तो हतियार र प्रहरीले प्रयोग गर्ने हतकडी देखाई डर धाक धम्कि दिई कारखानामा कार्यरत ६ जना कामदारलाई नियन्त्रणमा लिई कारखानामा गहना बनाउन ल्याइएको बिभिन्न सुनका गर गहना अन्दाजी ६४ तोला , नगद १३ हजार रुपैयाँ र मोवाईल ४ थान समेतको धनमाल डाका गरी भागेका थिए ।

महाशाखाबाट खटिएको टोलीले बिशेष सुराकीको आधारमा घटनामा संलग्न रहेका उनीहरुलाई डांका गरी लगेका सम्पूर्ण धनमाल सहित उपत्यकाका बिभिन्न स्थानबाट पक्राउ गरेको थियो । उनीहरुलाई डांका मुद्धामा आवश्यक कानूनी कारवाहीको लागि आइतबार महानगरीय प्रहरी परिसर काठमाडौमा पठाइएको छ भने अन्य फरारहरुको प्रहरी खोजतलास गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्