
काठमाडौं – चीनमा कम्युनिस्ट पार्टीको शासन आरम्भ भएको ७० वर्ष पुगेको उपलक्ष्यमा राजधानी बेइजिङमा भव्य सैन्य परेड गर्न लागिएको छ । वाशिङटनमा धेरैले यसलाई पश्चिमी प्रशान्त क्षेत्रमा अमेरिकी प्रभुत्वमा बढ्दो जोखिमका रूपमा हेर्नेछन् ।
मंगलवार हुने सैन्य परेडमा ट्यांक, ट्रूप क्यारियर र सैनिकहरूको पंक्ति ८० मिनटसम्म तियानानमेन स्क्वेयरमा देखिनेछन् । परेडमा अत्याधुनिक क्षेप्यास्त्र समेत प्रदर्शन गरिनेछ । चीनले संसारको सबभन्दा ठूलो र वैविध्यपूर्ण क्षेप्यास्त्र बनाउनका लागि पैसा खन्याइरहेको छ ।
लामो दूरीको दोङफेङ–४१ अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रलाई पहिलोपटक सार्वजनिक प्रदर्शन गरिनेछ ।
जनमुक्ति सेनाको छोटो दूरीको गैरआणविक क्षेप्यास्त्रले अमेरिका र उसका साझेदारको पसिना छुटाएको छ । विगत १५ वर्षमा चीनले तयार पारेका हतियारहरूले अमेरिकाको पश्चिमी प्रशान्त क्षेत्रमा रहेका सैन्यअड्डाहरूमा मार हान्न सक्छन् ।
एजेन्सी