२० असार २०८३, शनिबार

जनताले सुम्पेको जिम्मेवारी पूरा गर्नुपर्छ : प्रवक्ता श्रेष्ठ

जनताले सुम्पेको जिम्मेवारी पूरा गर्नुपर्छ : प्रवक्ता श्रेष्ठ
फाइल फोटो

चौतारा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले जनताले प्रत्यक्ष महसुस गर्ने गरी कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।

नेकपा जिल्ला कमिटी सिन्धुपाल्चोकद्वारा विजयादशमी तथा दिपावलीको उपलक्ष्यमा सोमवार आयोजित कार्यक्रममा उनले पार्टी समाजवादउन्मुख समावेशी लोकतन्त्रको चरणमा रहेको उल्लेख गर्दै नेकपालाई एउटा जिम्मेवारी सुम्पेकाले त्यो पूरा गर्नुपर्ने बताए ।

विकासलाई प्रभावकारी रुपमा जनमुखी र गरीबमुखी बनाउन जरुरी भएको चर्चा गर्दै प्रवक्ता श्रेष्ठले समावेशी आर्थिक विकास, सामाजिक, समाजउन्मुख, नविनतम, वातावरणमैत्री, दिगो एवं नयाँ मूल्यमान्यतासहित ७ सुत्रमा आधारित विकास भएमात्र नयाँ नेपाल बन्न सम्भव हुने बताए ।

जिल्ला अध्यक्ष झम्क नेपाल सभापति रहेका कार्यक्रममा सांसदद्वय अग्नि सापकोटा र शेरबहादुर तामाङ, प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल लगायतको सहभागिता थियो ।

salt training

कमेन्ट गर्नुहोस्