३१ जेठ २०८३, आइतबार

माइक्रोबस तोडफोडमा संलग्न २ जना पक्राउ

माइक्रोबस तोडफोडमा संलग्न २ जना पक्राउ

काठमाडौं – पार्किङ गरिरहेको माइक्रोबस तोडफोडमा संलग्न २ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले काठमाडौं महानगरपालिका–३१ शंखमूलमा पार्किङ गरेर राखेको बा४ख २०५६ नम्बरको माइक्रोबस तोडफोेड गर्ने गोरखाका निशानजंग थापा र उदयपुरका हिमाल खड्कालाई आइतवार राति पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी थापा र खड्काले माइक्रोबस तोडफोड गरेको अनुसन्धानमा खुलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तोडफोडबाट माइक्रोबसको दाहिनेतर्फको सिसामा क्षति पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्