काठमाडौं, २० चैत– निर्वाचन आयोगमा धर्ना दिने क्रममा आइतबार बिहान गिरफ्तारीमा परेका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलगायतका नेताहरुले रिहा हुन अस्विकार गरेका छन् ।

नेपाल पुलिस क्लबमा रहेका उनीहरुलाई प्रहरीले रिहा हुन दवाव दिएपनि अस्विकार गरेपछि प्रहरीले हिरासतभित्रै धरपकड गरेको नयाँ शक्तिले जनाएको छ । प्रहरी धरपकडका क्रममा १३ नेताहरु घाइते भएको बताइएको छ ।
प्रहरी धरपकडपछि प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लब अगाडी अहिले नयाँ शक्तिका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरिरहेका छन् ।
पक्राउ परेका नेताहरुले निर्वाचन चिन्हसहित चुनाव लड्न पाउनु पर्ने आफ्नो माग पूरा नभएसम्म रिहा नहुने अडान लिँदै आएका थिए भने हिरासतभित्रै धर्ना समेत दिएका थिए ।