२५ जेठ २०८३, सोमबार

६ महिनाअघि गोली छलेर बाँचेका थिए युवा संघ अध्यक्ष तिवारी

कात्तिक २०, २०७४
६ महिनाअघि गोली छलेर बाँचेका थिए युवा संघ अध्यक्ष तिवारी
रुपन्देही, ४ पुस – रुपन्देहीका युवा संघ अध्यक्ष दुर्गा तिवारीको हत्यामा पुराना दुश्मन मनोज पुनको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

रुपन्देही डीएसपी वेलबहादुर पाण्डेले आफूहरुको प्रारम्भिक अनुसन्धान अनुसार मनोज पुनको समूहले हत्या गरेको खुल्न गएको बताए ।  ‘अहिले अनुसन्धन जारी छ, शंकाको दायरा साघुरो भयो, पुनले नै हत्या गरेको देखिन्छ’ पाण्डेले भने,‘तर अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न सकिएको छैन ।’

तिवारीलाई ६ महिनाअघि मनोजले नै उनको इट्टा उद्योगमा गोली प्रहार गरेका थिए । तर, त्यो बेला गोली छलेर बच्न सकेका थिए । ‘मनोजमाथि कर्तव्य ज्यानकै मुद्दा थियो, तर उ फरार थियो’ पाण्डेले भने ‘उसले अहिले अनुकुल मिलाएर तिवारी माथि गोली हान्यो ।’

देबदह ६ का ४० वर्षीय तिवारी केवी आई इटा उद्योगका मालिक थिए । आज दिउँसो ४ बजे रातो मोटरसाइकलमा आएका व्यक्तिले तिवारीमाथि गोली हानेका स्थानीयले बताएको जनाए ।

salt training

कमेन्ट गर्नुहोस्