
काठमाडौं – कजाखास्तानकी आलुआ आसेत्कीजी अब्जालबेकले सिरानीमुनि स्मार्टफोन चार्जमा राखेर पल्टिएकोमा त्यो पड्किएर उनको मृत्यु भएको छ ।
यी १४ वर्षीया किशोरी फोन चार्जमा राखेर संगीत सुनिरहेकी थिइन् ।
फोनको ब्याट्री उनको टाउकोनजिक पड्केपछि भोलिपल्ट बिहान उनी मृत अवस्थामा फेला परेकी थिइन् ।
उनको डिभाइस पावर सकेटमा जोडिएको प्रहरीले बतायो । उनको टाउकोमा गम्भीर चोटपटक लागेको र उनको तत्कालै मृत्यु भएको बताइएको छ ।
उनका नातेदारहरूले तत्कालै स्वास्थ्यसेवकहरू बोलाएको भए पनि उनको मृत्यु भइसकेको थियो ।
फोरेन्सिक विज्ञहरूले मोबाइल धेर तातेर बिहान सखारै पड्किएको पुष्टि गरे ।
स्मार्टफोनको ब्रान्डको खुलासा गरिएको छैन ।
एजेन्सी