काठमाडौं – प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले मदिरा पिएको सुरमा एक सरकारी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेको भनी समाचार संस्था एसोसिएटेड प्रेसलाई उद्धृत गर्दै द वाशिङटन पोस्टले छापेको छ ।
महराको सचिवालयले आरोप अस्वीकार गरेको र चरित्रहत्या गर्ने मकसदले लगाइएको आरोप भएको बताएको समाचारमा उल्लेख छ ।
आरोप लगाउने महिलाले महरा आफ्नो घरमा आइतवार राति पति बाहिर भएको बेलामा आएको र आक्रमण गरेको उल्लेख छ ।
यसैबीच सभामुख महराले अनुसन्धा चलुन्जेलसम्मका लागि पदबाट राजीनामा दिइसकेका छन् । उनले सांसद पदबाट भने राजीनामा दिएका छैनन् ।