१० असार २०८३, बुधबार

घरपालुवा कुकुरलाई नडुलाएमा तीन लाख रुपैयाँको जरिवाना !

घरपालुवा कुकुरलाई नडुलाएमा तीन लाख रुपैयाँको जरिवाना !

काठमाडौं – अस्ट्रेलियामा कुकुरहरूका विषयमा एउटा नयाँ कानून बनाइएको छ । 

कानूनमुताबिक घरपालुवा कुकुरलाई दिनमा कम्तीमा एकपटक अनिवार्य रूपमा बाहिर घुमाउन लग्नुपर्छ । नियम उल्लंघन गर्ने व्यक्तिमाथि ४ हजार अस्ट्रेलियन डलर (तीन लाख रुपैयाँ) जरिवाना लगाइनेछ । 

सरकारले एनिमल वेलफेयर लेजिस्लेसन एमेन्डमेन्ट बिल लागू गरेको हो । 

विधेयकमा पशु कल्याणका लागि कडा नियमको व्यवस्था गरिएको छ । कुकुरमालिकले खाने, बस्ने र पिउने पानीको उचित व्यवस्था नगरेमा उसमासथ तत्कालै जरिवाना लगाइनेछ । 

नयाँ कानूनमुताबिक घरपालुवा कुकुर भएकाहरूले कम्तीमा दुई घन्टा खुलामा छोड्नुपर्ने हुन्छ । कानून बिरालोको हकमा पनि लागू हुन्छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्