१६ असार २०८३, मंगलबार

चिनियाँ राष्ट्रपतिको भारत भ्रमण छिट्टै, तमिलनाडुमा मोदीसँग भेटघाट

चिनियाँ राष्ट्रपतिको भारत भ्रमण छिट्टै, तमिलनाडुमा मोदीसँग भेटघाट

काठमाडौं – चिनियाँ राष्ट्रपति शी चिनफिङ असोजको अन्तिम साता भारत भ्रमणमा आउने भएका छन् । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग चेन्नई नजिकको महाबलीपुरममा अनौपचारिक शिखर सम्मेलनमा भाग लिनेछन् । 

शिखर सम्मेलनको तयारीस्वरूप महाबलीपुरममा कडा सुरक्षा व्यवस्था अपनाइएको छ । त्यहाँका तटहरूमा पानीसम्बन्धी खेलहरूमा अस्थायी प्रतिबन्ध लगाइएको छ । 

कोवलमदेखि महाबलीपुरमसम्मको २० किलोमिटर क्षेत्रमा सुरक्षाको कडा व्यवस्था गरिएको छ । 

मोदी र शीबीच दोस्रोपटक अनौपचारिक वार्ता हुन लागेको हो । यसअघि चीनको वुहानमा भएको वार्तामा कुनै एजेन्डा थिएन र अनेकौं विषयमा कुरा भएको थियो । 

तमिलनाडुमा हुने भेटघाटमा कश्मीरको विषय नउठाइने चीनको परराष्ट्र मन्त्रालयले स्पष्ट पारिसकेको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्