
काठमाडौं – रुसको भोस्क्रेसेन्स्कमा सुजुकी हाँकिरहेका एक व्यक्तिले जेब्राक्रसमा नरोकी बाटो हिँडिरहेकाहरूलाई हिर्काएका छन् ।
उनले हिर्काएपछि दुईजना व्यक्ति सडकमा पछारिन्छन् ।
घटनाको फूटेज अर्को कारको ड्याशक्याममा रेकर्ड भएको हो ।
त्यसमा एक पुरुष र एक महिला अधिकारी जेब्राक्रसमा आएको देखिन्छ ।
उनीहरू एउटा लेन सजिलै पार गर्छन् ।
तर अर्कोतर्फबाट आएको हरियो गाडी नरोकिइकन उनीहरू भएतिर आइपुग्छ ।
गाडीले उनीहरूलाई देब्रेतिरबाट हिर्काउँछ र अचानक रोकिन्छ ।
झोला समातिरहेकी महिला अधिकारी ठोकिएर लड्छिन् ।
पुरुष अधिकारी उठ्छन् अनि कारचालकसँग कुरा गर्न पुग्छन् ।
उनले हात हल्लाएर के गरेको भनी सोध्छन् र चालकले ढोका खोलेको देखिन्छ ।
ठोकिएपनि उनीहरूलाई चोटपटक लाग्दैन ।
चालकलाई २५ सय रुबल जरिवाना लगाउन सकिने स्थानीय मिडियाले लेखेको छ ।
एजेन्सी