२३ जेठ २०८३, शनिबार

सभामुखले राजीनामामा उल्लेख गरेका शब्द संविधानको मर्मविपरीत : नेता सिंह

सभामुखले राजीनामामा उल्लेख गरेका शब्द संविधानको मर्मविपरीत : नेता सिंह
फाइल तस्वीर

काठमाडौं –नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले सभामुखले राजीनामामा उल्लेख गरेका शब्द संविधानको मर्मविपरीत भएको बताए।

पूर्व उपप्रधानमन्त्री सिंहले कानून सबैका लागि बराबर भएको बताउँदै अनुसन्धानमा सङ्लग्न प्रहरीलाई दबाब र प्रभावमा नपरी चनाखो भएर अनुसन्धान गर्न आग्रहसमेत गरे। अनुसन्धानको क्रममा दोषी देखिनेलाई ढाकछोप गर्न नहुने उनको भनाइ थियो । 

पार्टीका पूर्व महामन्त्रीसमेत रहेका सिंहले पार्टीभित्र देखिएको गुट उपगुटको अन्त्य भएमात्र पार्टी बलियो हुने उल्लेख गरे। उनले पार्टीका सबै कार्यकर्तालाई समेटेर नेतृत्वले जिम्मेवारी दिनुपर्नेमा जोड दिए। 
 

salt training

कमेन्ट गर्नुहोस्