१० असार २०८३, बुधबार

पेट्रोल पम्पनजिक तीनचक्के मोटरसाइकलमा आगो लागेपछि निभाउनको सास्ती (भिडियो)

पेट्रोल पम्पनजिक तीनचक्के मोटरसाइकलमा आगो लागेपछि निभाउनको सास्ती (भिडियो)

काठमाडौं – चीनको जियांग्सु प्रान्तमा पेट्रोल पम्प पुगेको मोटरसाइकलमा आगो लागेपछि चालकले त्यसलाई निभाउन कोशिश गरेको सीसीटीभी फूटेजमा देखिएको छ । 

तीनचक्के मोटरसाइकलबाट धूवाँ निस्केको देखिन्छ । 

रातो टीशर्ट र कालो ट्राउजर लगाएका चालक तत्कालै बाहिर हाम्फाल्छन् र कताबाट धूवाँ आयो भनी हेर्न थाल्छन् । 

उनी आगो निभाउने प्रयास गर्न थाल्छन् । आगो बढेपछि उनी निकै चिन्तित हुन्छन् । 

आफूले निभाउन नसकिने बुझेपछि उनी दौडिन्छन् । 

पेट्रोल पम्पकी महिला कर्मचारी फायर एक्सटिन्ग्विशर लिएर बाहिर आउँछिन् र निभाउँछिन् । 

पेट्रोल पम्पले तत्कालै बिजुली काटेको र अन्य ग्राहक तथा गाडीलाई हटाएको बताइएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्