
काठमाडौं – संसारको सबभन्दा प्रतिष्ठित फोटोग्राफी प्रतियोगितामध्ये एक सोनी वर्ल्ड फोटोग्राफी अवार्ड्समा भाग लिनका लागि विभिन्न तस्वीरहरू पठाइएका छन् ।
आयोजकहरूले तीमध्येका अत्यन्त सुन्दर तस्वीरहरू सार्वजनिक गरेका छन् ।
यो अवार्ड दिन शुरू गरिएको १३ वर्ष भइसकेको छ र यसमा सबै देशका फोटोग्राफरहरूलाई आफ्नो तस्वीर हेरिन, प्रशंसा गरिन र पुरस्कार दिइन अवसर दिइएको छ ।
यसमा तीनवटा क्याटेगोरीका प्रतियोगिता छन्– व्यावसायिकहरूका लागि, खुला र १२ देखि १९ वर्षका लागि ।
व्यावसायिक प्रतियोगितामा एउटै फोटोग्राफरका अनेकौं तस्वीरलाई मूल्यांकन गरिनेछ । अन्य प्रतियोगितामा चाहिँ एउटा मात्र तस्वीरलाई मूल्यांकन गरिनेछ ।
खुला प्रतियोगिताका लागि सन् २०२० को जनवरी ७ सम्म र व्यावसायिक प्रतियोगिताका लागि सन् २०२० को जनवरी १४ सम्म तस्वीर बुझाइसक्नुपर्नेछ ।




















एजेन्सी