०९ असार २०८३, मंगलबार

भारतमा मोबाइल चोर्दै नेपालमा बेच्ने गिरोह पक्राउ

भारतमा मोबाइल चोर्दै नेपालमा बेच्ने गिरोह पक्राउ

काठमाडौं – भारतको मेरठमा प्रहरीले लुटेराहरूको अन्तर्राष्ट्रिय समूहलाई पक्राउ गरेको छ । समूहका नाइके शरद गोस्वामी समेत सात अभियुक्तलाई पक्राउ गरिएको हो । 

प्रहरीले उनीहरूबाट एक करोड भारुको २८० मोबाइल र ६ ल्यापटप बरामद गरेको छ । उनीहरूबाट राइफल, पिस्तोल, २० वटा गोली, एक टाटा नेक्सान र एक स्विफ्ट भीडीआई पनि बरामद गरिएको छ । 

भारतीय क्रिकेट टीमका पूर्व ब्याट्स्म्यान मनोज प्रभाकरकी पत्नीको मोबाइल यही समूहले लुटेको हो । अनि पत्रकार पीयूष रायको मोबाइल पनि यसै गिरोहले चोरेर नेपालमा बेचेको थियो । प्रहरीले नेपालबाट मोबाइल बरामद गरिसकेको छ । 

यस समूहले गौतम बुद्धनगर थाना कासनामा मे २०१९ मा ओप्पो कम्पनीका १४ सयवटा मोबाइलसहितको क्यान्टर गाडी लुटेको थियो । यसले भारतका विभिन्न राज्यमा लुटपाट गर्ने गरेको थियो । 

लुटिएका मोबाइल समूहका सदस्य नदीमलाई मुम्बई पठाइने गरिएको थियो । नदीमले मुम्बई, बेंगलुरु र इन्दौरमा शोरूम खोलेका थिए । नदीमले नै ती मोबाइलहरू नेपाल, थाइल्यान्ड र चीन पनि पठाउने गरेको थियो । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्