२३ असार २०८३, मंगलबार

भेनेजुएलामा कैदीहरूलाई नांगै बनाएर कुखुराले ठुंग्न लगाइयो (भिडियो)

भेनेजुएलामा कैदीहरूलाई नांगै बनाएर कुखुराले ठुंग्न लगाइयो (भिडियो)

काठमाडौं – भेनेजुएलाको एक कारागारमा गार्डहरूले कैदीहरूलाई नांगो बनाएर यातना दिएको र कुखुराले ठुंग्न लगाएको भिडियो सार्वजनिक भएको छ । 

भिडियो कारगार अधिकारीले खिचेका हुन् । 

कम्तीमा ८२ जना कैदीहरूलाई नांगै घोप्टो परेर टाउकोपछाडि हात राख्न लगाइएको थियो । घटना गत शुक्रवार आनाकोस्थित पुलिस कोअर्डिनेसन सेन्टरमा भएको थियो । 

कैदीहरूलाई दुई घन्टाभन्दा बढी समय कुटपिट गरिएको अनि २४ घन्टासम्म खान नदिइएको बताइएको छ । 

गार्डहरूले कैदी बसेको कारागारकक्षमा इन्धन खन्याएर उनीहरूलाई बाहिर आउन बाध्य बनाएका थिए । 

त्यसपपछि उनीहरूलाई पाइपबाट पानी छर्केर उनीहरूमाथि कुखुरा छोडिएको थियो । कुखुराहरूले बन्दीहरूलाई टोक्ने र कोतर्ने काम गरे । 

कारागारमा पर्याप्त खाना र पानी नदिइएको भनी कैदीहरूले केही दिनअघि हडताल गरेको उनीहरूको परिवारका सदस्यले बताए । 

कैदीहरूले आफूलाई भेट्न आउनेहरूले औषधि लिएर आउन पाउनुपर्ने माग समेत राखेका थिए । 

४५ मिनटको डरलाग्दो भिडियो मोबाइल फोनमा रेकर्ड गरिएको थियो । त्यसलाई पछि रिपोर्टर अलेक्जान्द्रा बेलान्डियाले अन्लाइन पोस्ट गरेकी थिइन् ।

भेनेजुएलाको कन्स्टिचुएन्ट नेसनल एसेम्बलीका महान्यायाधिवक्ता तारेक विलियम साबले घटनाको अनुसन्धानको घोषणा गरेका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्