०१ साउन २०८३, शुक्रबार

सलमानलाई ज्यान मार्ने धम्की दिने पक्राउ

सलमानलाई ज्यान मार्ने धम्की दिने पक्राउ
फाइल तस्वीर

एजेन्सी- बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की दिने पक्राउ परेका छन् । 

प्रहरीले सलमानलाई ज्यान मार्ने धम्की दिने लोरेन्स बिश्नोईलाई पक्राउ गरेको हो ।

उनलाई गाडी चोरेको आरोपमा पक्राउ गरिएको थियो तर आफूले फेसबूक पोस्ट मार्फत सेप्टेम्बर १६ मा सलमानलाई ज्यान मार्ने धम्की दिएको पनि स्वीकार गरेको भारतीय सञ्चारमाध्यम हिन्दी डट न्यूज ट्वान्टी फो अनलाइनले खबर लेखेको छ । 

लोरेन्सले आफू सामाजिक सञ्जालमा चर्चित हुन सलमानलाई ज्यान मार्ने धम्की दिएको प्रहरीसामु बयान दिएका छन् । बिश्नोई एक सोपू ग्याङका सदस्य हुन् । 

उनले फेसबूकमा लेखेका थिए, 'सोच सलमान, तँ भारतको कानूनबाट बच्न सक्लास् तर बिश्नोई समाज र सोपू पार्टीको कानूनले तँलाई मृत्युको सजाय सुनाएको छ ।'

तपाईंलाई बताऔं कि सलमान कालो हरिण शिकारको मामिलाको सामाना गरिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्