काठमाडौं– नेपाली बजारमा छापावाल सुन शुक्रवार ७० हजार ९०० मा कारोबार भइरहेको छ । बिहीवार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन भने शुक्रबार ७० हजार ६०० मा कारोबार भएको छ ।
यस्तै चाँदी पनि बिहीवारकै मूल्य तोलामा रु ८५० मा कारोबार भइरहेको छ ।