१० असार २०८३, बुधबार

यी सैनिकले गोमन सर्पलाई च्याप्पै समाते (भिडियो)

यी सैनिकले गोमन सर्पलाई च्याप्पै समाते (भिडियो)

काठमाडौं – मलेसियाका एक सैनिकले गाउँको बाटोमा जाँदै गर्दा अचानक गोमन सर्प देखेपछि त्यसलाई च्याप्प समातेका छन् । 

उनको यो हर्कतको भिडियो पनि उपलब्ध छ । झाडीहरूले ढाकिएको कच्ची बाटोमा हिँड्दै गर्दा सैनिकले गोमन सर्प देखेका थिए । 

भिडियोमा सर्पले फणा उठाएको देखिन्छ र त्यो सैनिकको कम्मरसम्म पुग्छ । 

सैनिकले हरियो खाकी युनिफर्म लगाएका छन् । उनी विषालु सर्पलाई घुरेर हेरिरहेका देखिन्छन् । सर्प ६ फीटभन्दा लामो छ । 

सैनिक सर्पनजिक पुग्दा सर्प पूर्णतया स्थिर रहन्छ । 

पछि सैनिकले गोमनको फणामा छोएर त्यसलाई भुइँतिर पुर्‍याउँछन् । सर्पको टाउको आफ्नो हातले भुइँमा थिचेपछि सैनिकले जिउको बल लगाउँछन् । 

सर्प बेस्सरी छटपटाउँछ तर सैनिकले त्यसको टाउको समातिरहन्छन् । 

भिडियोको अन्त्यमा सर्प मुट्ठीमा पारेर ती सैनिक क्यामरातर्फ हेरेर मुस्काउँछन् । 

भिडियो कहाँ खिखिएको हो भन्ने खुलेको छैन ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्