२२ असार २०८३, सोमबार

पत्नीले पारपाचुके दिएपछि पति छोराछोरीसहित नौ तल्लामाथिबाट हाम्फाले

पत्नीले पारपाचुके दिएपछि पति छोराछोरीसहित नौ तल्लामाथिबाट हाम्फाले

काठमाडौं – रुसको सारातोभमा एक पतिले पत्नीबाट पारपाचुके पाएको केही समयपछि नै छोराछोरीलाई लिएर नौ तल्लाबाट हाम्फालेर मृत्युवरण गरेका छन् । 

रोमन मिखाइलोभ नामक ती व्यक्ति डेढ वर्षीय छोरो आर्टीओम र चार वर्षीया छोरी सोफियासहित हाम्फालेका हुन् । 

उनले पत्नी इरिनालाई बाल्कोनीमा तीनैजनासँग बसेर खिचेको फोटो पठाएका थिए । 

इरिना मनोवैज्ञानिक हुन् । उनी हत्तारिँदै ट्याक्सीमा घर आइपुगिन् तर उनी आइपुग्दासम्म दुर्घटना भइसकेको थियो । 

घटनास्थलमा प्यारामेडिकहरूलाई बोलाइएको थियो र उनीहरूले दुई बच्चाको ज्यान जोगाउने निकै कोशिश गरेका थिए तर दुवै बिते । 

परिवारै सखाप भएपछि इरिना गहिरो शोकमा रहेको बताइएको छ । 

पति रुसको रेलवे सेवामा कार्यरत थिए । पत्नीले अर्को व्यक्तिसँग सम्बन्ध गाँसेको आशंका गर्दै उनी ईर्ष्यालु बनेका थिए । 

उनले घरमा एउटा पत्र लेखेर छोडेका थिए– ‘यसको दोष मेरी पत्नीमाथि छ ।’

पतिले बालबालिकालाई लिएर हाम्फाल्दा इरिनाले वकिलको कार्यालयमा पारपाचुकेको निवेदन दिएकी थिइन् । 

छिमेकीहरूले चाहिँ परिवार सामान्य झैं लागेको र समस्याको कुनै लक्षण नदेखिएको बताएका छन् । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्