
रुपन्देही ४ पुस - अनेरास्ववियु र युवा संघले रुपन्देहीका सम्पूर्ण नाकाहरु बन्दको आह्वान गरेका छन् ।
युवा संघका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरिएसँगै हत्यारालाई तुरुन्त पक्राउ गर्नुपर्ने माग गर्दै युवासंघ र अखिलले बन्दको आह्वान गरेका हुन् ।
अनेरास्ववियुका सचिवालय सदस्य यमराज पाण्डेले आफूहरुले भर्खरै रुपन्देही बन्दको आह्वान गरेको बताए ।