०१ असार २०८३, सोमबार

म्यादी प्रहरी छनोटमा विवाद, जिप्रका डडेल्धुरामा ढुंगा प्रहार

कात्तिक २०, २०७४
म्यादी प्रहरी छनोटमा विवाद, जिप्रका डडेल्धुरामा ढुंगा प्रहार

डडेल्धुरा, २१ चैत– स्थानीय चुनावका लागि भर्ना गर्न लागिएका म्यादी प्रहरी छनोटमा अनियमितता भएको भन्दै डडेल्धुरामा विरोध प्रदर्शन गरिएको छ ।

म्यादी प्रहरीको भर्ना छनौटमा नातावाद र कृपावाद हावी भएको भन्दै असन्तुष्ट युवाहरुले जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा सोमबार बिहान ढुंगा प्रहार गरेका छन् ।

म्यादी प्रहरी छनौटको प्रारम्भिक चरण अन्तर्गत स्वास्थ्य तथा अन्य फिजिक टेस्टको आज नतिजा सार्वजनिक भएको थियो ।

म्यादी प्रहरी भर्नाका लागि डडेल्धुरामा १ हजार ३ सय २६ जनाले आवेदन दिएका थिए । जस अन्तर्गत पहिलो चरणको स्वास्थ्य तथा फिजिकल परीक्षणबाट ६ सय ७२ जनालाई पास गरिएको छ ।

प्रथम चरणको परीक्षणमा अनुत्तिर्ण भएकाहरुले प्रहरी कार्यालयमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सहायक प्रहरी निरीक्षक गणेश बोहराले बताए । उनका अनुसार अहिले आक्रमणकारीहरुलाई तितरबितर गरिसकिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्