
भारतको चर्चित रियालिटी शो इन्डियन आइडलले नावैं सिजनको विजेता चयन गरेको छ । विशाखापत्तनमा जन्मिएका एलवी रेवंत कुमारलाई क्रिकेटर सचिन तेन्दुलकरले घोषणा गरेका हुन् ।
यो सचिनको सानो पर्दामा पहिलो पारिसमेत थियो । खुदावक्ष फस्ट रनर अप भए भने पीवीएनएस रोहित दोस्रो रनअप भए ।
दुई अप्रिलको इन्डियन आइडल सीजनको फाइनलमा दर्शकबीच तीन प्रतियोगिको कडा प्रतिस्पर्धा भएको थियो ।
इण्डियन आइडलको उपाधिसँगै रेवन्तले २५ लाख रुपैयाको पुरस्कार पाए ।
त्यससँगै उने एउटा कार तथा विभिन्न कम्पनीसँग गीत गाउन सम्झौता समेत गरेका छन् ।