०६ असार २०८३, शनिबार

नारायणगढ–मुग्लिन सडक निर्माण गर्नेक्रममा दुर्घटना, ठूलो मानवीय क्षतिको आशंका

कात्तिक २०, २०७४
नारायणगढ–मुग्लिन सडक निर्माण गर्नेक्रममा दुर्घटना, ठूलो मानवीय क्षतिको आशंका

चितवन, २१ चैत– नारायणगढ–मुग्लिन सडक खण्ड विस्तारको काम चलिरहेका बेला ठूलो दुर्घटना भएको छ । दुर्घटनामा ठूलो मानवीय क्षति भएको आशंका गरिएको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डको घुमौने मोडमा पहाड खस्दा करिव आधा दर्जन सवारी साधान पुरिएको खबर आएको छ । पहाडको ढिस्कोमा कति सवारी साधन पुरिए भन्नेबारेमा एकिन जानकारी आउन नसकेको चितवन प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार ढिस्कोमा यात्रुवहाक कार र स्काभेटर पुरिएको देखिएको छ । कार र स्काभेटरभित्र कति मानिस थिए भन्ने जानकारी आउन सकेको छैन ।

घटनालगत्तै प्रहरी टोली दुर्घटना स्थलमा पुगेको छ । अहिले उद्दार कार्य सुरु भएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्