
काठमाडौं – टिकटक लोकप्रिय भएपछि सामाजिक सञ्जालका ठूला कम्पनीहरू चिन्तामा परेका छन् ।
टिकटकलाई टक्कर दिन फेसबूक र गूगलले याप ल्याउन खोजिरहेका छन् ।
द वाल स्ट्रटीट जर्नलमा छापिएको खबरअनुसार, गूगलले अमेरिकाको लोकप्रिय भिडियो शेयरिङ याप फायरवर्क किन्ने कोशिश गरिरहेको छ ।
फायरवर्क किन्नका लागि चीनको लोकप्रिय माइक्रोब्लगिङ वेबसाइट वीबो पनि उत्सुक छ ।
फायरवर्कको मूल्य सन् २०१९ को शुरूआतमा ७५ मिलियन डलर थियो । टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सको मूल्य ७५ मिलियन डलर थियो ।
फायरवर्क लूप नाउ टेक्नोलोजीद्वारा तयार पाएका याप्सको एक हिस्सा हो । लूप नाउ टेक्नोलोजी अमेरिकाको स्टार्टअप कम्पनी हो र यसले नेक्स्ट जेनरेसन कन्ज्युमर मोबाइकल याप बनाउने काम गर्छ ।
फायरवर्कले ३० सेकेन्डको भिडियो बनाउने सहुलियत दिन्छ । यसमा प्रयोगकर्ताले भर्टिकलका साथै होरिजोन्टल भिडियो पनि शूट गर्न सक्छन् । कम्पनीले यसको फीचर रिभील राखिएको छ ।
फायरवर्क याप एन्ड्रोइड र आईओएस यूजर दुवैका लागि उपलब्ध छ । याप प्रयोग गर्नेहरूको संख्या १० लाखभन्दा बढी छ ।
छोटो भिडियोप्रतिको क्रेजलाई क्याश गर्न फेसबूकले एक वर्ष जति अघि लास्सो याप ल्याएको थियो ।
एजेन्सी