०७ असार २०८३, आइतबार

इन्डोनेसियामा वन्यजन्तुको चोरीशिकारी गर्नेलाई १०० पटक कोर्रा हान्ने सजाय दिइने

इन्डोनेसियामा वन्यजन्तुको चोरीशिकारी गर्नेलाई १०० पटक कोर्रा हान्ने सजाय दिइने

काठमाडौं – इन्डोनेसियाको आचेह प्रान्तमा जोखिममा परेका वन्यजन्तुको चोरीशिकारी गर्नेहरूलाई नयाँ नियमअन्तर्गत १०० कोर्रा हान्ने सजाय दिइने भएको छ । उक्त सजाय इस्लामिक कानून अनुसार नैतिकता सम्बन्धी अपराधमा दिने गरिन्छ । 

जुवातास खेलेको, रक्सी पिएको र विवाहअघि यौन गरेको कसूरमा सार्वजनिक रूपमा कोर्रा हानेर सजाय दिने गरिन्छ । इन्डोनेसियाको आचेह प्रान्तमा मात्र यस्तो सजायको व्यवस्था छ । 

तर गत सातादेखि ग्रहण गरिएको नयाँ नियमले वन्यजन्तुविरुद्धको अपराधलाई पनि कठोर शरिया कानूनमा पारेको छ । 

सन् २०२० को आरम्भबाट यो सजाय कार्यान्वयन गरिने अपेक्षा छ । वन्यजन्तुलाई खतरामा पारेको वा शोषण गरेको अभियोग लागेको व्यक्तिलाई १०० पटक हिर्काइनेछ । त्यसबाहेक कारागार सजाय पनि दिइनेछ । 

वन्यजन्तुको संरक्षण गर्ने अभिभारा लिएका कर्मचारीले आफ्नो कर्तव्य पालन नगरेमा ६० पटक कोर्रा खाने सजाय पाउनेछन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्