
काठमाडौं – अमेरिकाको कान्सास शहरमा आइतवार भएको गोलीकाण्डमा चारजनाको मृत्यु भएको छ । घटनामा पाँचजना घाइते भएका छन् ।
स्थानीय समयअनुसार आइतवार बिहान घटना भएको प्रहरीको भनाइ छ ।
बिहान ६ः३० मा कान्सास शहरको सेन्ट्रल स्ट्रीट्सको एक बारमा एक एक व्यक्ति आएर दनादन गोली बर्साउन थाले ।
घटनामा नौजनालाई गोली लागेको प्रहरीले बतायो । घटनाका आरोपितलाई पक्राउ गरिएको छैन ।
एजेन्सी