०९ असार २०८३, मंगलबार

विमानभित्र झगडा गरेपछि आकस्मिक अवतरण गराएर ७ जना बेलायतीलाई निकालियो (भिडियो)

विमानभित्र झगडा गरेपछि आकस्मिक अवतरण गराएर ७ जना बेलायतीलाई निकालियो (भिडियो)

काठमाडौं – बेलायतको म्यानचेस्टरबाट स्पेनको टेनेरिफे गइरहेको ईजीजेटको एक विमानमा झैझगडा गर्ने सातजना बेलायतीलाई विमानबाट निकालिएको छ । 

विमानमा झगडा भएपछि पोर्चुगलको फारोमा आकस्मिक अवतरण गराउनुपरेको थियो । घटना बिहीवार साँझमा भएको थियो । 

विमान उडेको लगभग दुई घन्टापछि झगडा शुरू भएको बताइएको छ । पछिल्तिरको सीटमा बसेका चारजनाले एकअर्कालाई मुक्का हान्न थालेपछि झगडा आरम्भ भएको थियो । 

एकजना एयर होस्टेसले झगडा शान्त बनाउन खोजेकी थिइन् र एकजना झगडालुलाई अघिल्तिरको सीटमा बस्न लगाएकी थिइन् । 

तर केही मिनटपछि ती व्यक्ति फर्केर पहिलेकै ठाउँमा आए अनि झगडा शुरू गरे । 

अन्य यात्रीले झगडा शान्त बनाउन खोजे र त्यसक्रममा एक पुरुषले एक महिलाको आँखामा थुकिदिए ।

झगडा भएपछि विमानका पाइलटले विमानलाई दिशा परिवर्तन गराए र फारोमा आकस्मिक अवतरण गराए । 

विमान अवतरण गराएपछि झगडा गर्नेहरूलाई प्रहरीले पक्राउ गरी बसमा कोचेको थियो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्