
अर्घाखाँची - अर्घाखाचीको नरपानी रातामाटामा आज भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । कपिलवस्तुको गोरुसिंगेबाट अर्घाखाँचीको सन्धीखर्क तर्फ जाँदै गरेको लु१ज ४३२९ नम्बरको जीप दुर्घटनामा परेको हो ।
दिउसो १ बजे भएको दुर्घटनामा ज्यान गुमाएकाहरुको सनाखत हुने क्रममा रहेको प्रहरीले बताएको छ । दुर्घटनामा ५ जना गम्भिर घाइते भएका छन् ।
घाईतेहरुलाई उपचारका लागि सन्धिखर्क जिल्ला अस्पताल पठाएको प्रदेश नं. ५ को ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार जीप सडकाबाट करीब १ किलोमिटर तल खसेको थियो ।