परासी– पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
उक्त गाउँपालिका–३ का ४० वर्षीय बुधई खवासको गएराति करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीय दुर्गा मन्दिरमा बिजुलीको काम गर्ने क्रममा उनलाई सोमबार साँझ करेन्ट लागेको थियो ।
उनको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।