काठमाडौं – बलिउड अभिनेत्री दीपिका पादुकोण इन्स्टाग्राममा निकै सक्रिय छिन् ।
हालै उनले इन्स्टाग्राममा केही तस्वीर शेयर गरेकी छन् जसमा उनको स्टनिङ लूक देख्न पाइन्छ ।
सेतो शर्ट र फिक्का नीलो डेनिममा दीपिकाको लूक निकै गजबको देखिन्छ ।
आउँदै गरेको फिल्म ८३ को शूटिङ सकिएको पार्टीका लागि दीपिकाले यो लूक छानेकी हुन् ।
यसका साथै उनले हार्पर्स बजार पत्रिकाका लागि पनि फोटोशूट गराएकी छन् । त्यसमा उनी निकै सेक्सी देखिएकी छन् ।
एजेन्सी